कीवर्डहरू -

एनएमबी बैंकले सुरू गर्‍यो ‘ओम्निच्यानल’, अब अनलाइनबाटै २५ भन्दा बढी सुविधा प्रयोग गर्न सकिने 

एनएमबी बैंकले सुरू गर्‍यो ‘ओम्निच्यानल’, अब अनलाइनबाटै २५ भन्दा बढी सुविधा प्रयोग गर्न सकिने 

डिजिटल बैंकिङको वास्तबिक अनुभव प्रदान गर्ने उदेश्यका साथ एनएमबी बैंकले ‘एनएमबी ओम्निच्यानल’ को सुविधा ल्याएको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक यो सुविधा ल्याएको हो ।

यो सुविधासँगै अब एनएमबी बैंकका ग्राहकले बैंकको वेबसाइट र मोबाइल एपको प्रयोग गरी नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

केवाइसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट, टीडीएस स्टेटमेन्टहरू, बचत र एफडी खोल्न बन्द, समय अगावै एफडी प्रिम्याचुअर, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का, खाता सक्रिय, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का, एक भन्दा बढी खाताहरू, डिमांड ड्राफ्टहरू जारी, एफडीआई प्रमाणपत्र प्राप्त, युएसडी कार्ड अनुरोध, टप अप, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्निच्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिने एनएमबी बैंकले जनाएको छ  ।

बैंकका अनुसार सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिने छ । ग्राहकहरूले आइओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ई एनएमबि मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्न सक्ने छन् ।