कीवर्डहरू -

एसईई पास भएकालाई टेलिकमको निशूल्क सिम, ३००० एमबी डेटा, तीनसय मिनेट भ्वाइससँगै अन्य सुविधा

एसईई पास भएकालाई टेलिकमको निशूल्क सिम, ३००० एमबी डेटा, तीनसय मिनेट भ्वाइससँगै अन्य सुविधा

सरकारी स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एसईई पास भएका निशूल्क सिम उपलब्ध गराउने भएको छ । टेलिकमले विशेष सुविधा सहित निशूल्क नयाँ सिम उपलब्ध गराउने भएको हो ।

यो नयाँ सिममा ३० दिनसम्म प्रत्यके दिन सय एमबी डेटा, १० मिनेट भ्वाइस प्याक र पाँचवटा एसएमएस सुविधा प्राप्त गर्न सकिने छ ।

यससँगै ५० रुपैयाँ भन्दा माथिको प्रत्यके रिचार्जमा एकवर्षसम्म ०.५ जीबी डेटा, ५० मिनेट भ्वाइस र ५० वटा एसएमएस सुविधा पाउन सकिने छ । साथै अहिले नेपाल टेलिकमले सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले पनि प्रत्येक दिनको सुविधा ३० दिनसम्म लिन सक्ने छन् ।

नयाँ सिम लिन टेलिकमको नजिकको कार्यालय जानुपर्ने हुन्छ । साथै निशूल्क सिम प्राप्त गर्न एसईई परीक्षाको आईडी, फोटो र सम्बन्धित विद्यार्थी वा अभिभावकको आईडी हुन जरुरी छ ।

यो भन्दा अगाडी टेलिकमको सिम प्रयोग गर्नेले *१६००# डायल गरी प्रत्येक दिनको अफर सुचारू गर्न सक्ने छन् । साथै अनलाइन कक्षाको लागि ईशिक्षा प्याकेज पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।