सेल पेले नयाँ अफर ल्याएको छ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सेलपे सेल्सबेरी अफर ल्याएको हो ।
यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउन्ट (अधिकतम ५००) पाउने छन् । यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ ।
सेलपे एपमा रहेको ‘पे मर्चेन्ट’ मा क्लिक गरी काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
यसब अफरमा सहभागी हुन सेलपेको मोबाइल एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ । सेलपे मार्फत विना कुनै वालेट सिधै बैंक खाताबाट विभिन्न पेमेन्ट गर्न सकिन्छ ।