कीवर्डहरू -

प्रभु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना, अनलाइनबाटै डिम्याट खोल्न सकिने

प्रभु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना, अनलाइनबाटै डिम्याट खोल्न सकिने

‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना भदौ मसान्त सम्म थप गरेको छ ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।

साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।