कीवर्डहरू -

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कल सेन्टर, बैंक सम्बन्धि जानकारी लिन तथा गुनासो गर्न सकिने

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कल सेन्टर, बैंक सम्बन्धि जानकारी लिन तथा गुनासो गर्न सकिने

ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ ।  ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्न बैंकले कल सेन्टरको सुरुवात गरेको हो ।

यस सेवासँगै ग्राहकले हाल बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरेर आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकले ९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । यस सेवाले सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।