कीवर्डहरू -

फ्लिपकार्टका सामान अब सस्तो डिलबाट खरिद गर्न सकिने

फ्लिपकार्टका सामान अब सस्तो डिलबाट खरिद गर्न सकिने

भारतको ईकमर्श कम्पनी फ्लिपकार्ट र नेपालको ईकमर्श कम्पनी सस्तो डिलबीच सहकार्यको सुरुवात भएको छ । यस सहकार्यसँगै अब फ्लिपकार्टमा उपलब्ध भएका सामान सस्तो डिलबाट खरिद गर्न सकिने भएको हो ।

मारक्यु बाई फ्लिपकार्ट र फ्लिपकार्ट स्मार्टबाई बाट सामान खरिद गर्दा एक दुई दिनमा डेलिभरी हुनेछ । भने फ्लिपकार्ट स्टोरबाट खरिद गर्दा क्रस बोर्डरका कारण कम्तिमा २१ दिन सम्ममा डेलिभरी हुनेछ ।

नेपालमा फ्लिपकार्टको वेबसाइटबाट सिधै सामान खरिद गर्न सकिने छैन् । नेपालमा फ्लिपकार्टका सामान सस्तो डिलको वेबसाइटबाट मात्रै खरिद गर्न सकिने छ । साथै वारेन्टी प्रक्रियाको लागि सस्तो डिलसँग सम्पर्क गर्न सकिने छ ।

सस्तो डिल सन् २०११ मा ५० हजार रुपैयाँ लागानीमा सुरु भएको ईकमर्श कम्पनी हो । त्यस्तै फ्लिपकार्ट सन् २००७ मा सुरु बएको हो । सन् २०१८ मा मात्रै फ्लिपकार्टको ८१ प्रतिशत शेयर वालमार्टले खरिद गरेको थियो ।