कीवर्डहरू -

काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाइट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडीको ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले जानकारी दिए ।

उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भइरहेको बताए ।

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्णपालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलिसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाइट ट्राफिक महाशाखाको सडक विभागसँग पहल गरी यस अघि नै सञ्चालनमा रहेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौत्तमले बताए ।