कीवर्डहरू -

कारमा स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ? यी हुन् बेफाइदा 

कारमा स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ? यी हुन् बेफाइदा 

हामी कारमा लामो दूरी तय गरिरहेको हुन सक्छौँ । कतै घुम्न जाँदा होस अथवा लामो ड्राइभमा जाँदा ,हामी सबैलाई फोनमा धेरै ब्याट्री चाहिने गर्दछ ।

मोबाइलमा चार्ज सकिएको अबस्थामा हामीले यूएसबी पोर्ट वा लाइट पोर्टमा जोडेर कारमै चार्ज गर्नुपर्ने हुन सक्छ । कारमा फोन चार्ज गर्दा स्मार्टफोनहरुको ब्याट्री अझै बिग्रिन सक्ने सम्भावना हुन्छ ।

कारमा फोन चार्ज गर्दा फोन एकदमै बिस्तारै चार्ज हुने गर्दछ । यूएसबी पोर्टमा फोनलाई चाहिए जति विद्युत पुग्दैन र फोनले यूएसबी पोर्टले दिने भन्दा धेरै विद्युत लिने गर्छ । यसले गर्दा फोन फ्रिज हुन्छ र फोन चार्ज हुनै छोड्छ ।

कारमा चार्ज गर्दा कारको ब्याट्री पनि बिग्रन सक्छ । स्मार्टफोन चार्ज गर्दा कारको ब्याट्री धेरै चाँडो सकिन्छ । कारमा चार्ज गर्नु भन्दा राम्रो पावर बैंक किनेर त्यसबाट चार्ज गर्दा राम्रो हुन्छ । जसले गर्दा गाडी र फोन दुबैको सुरक्षा हुन्छ ।