कीवर्डहरू -

भिसा कार्ड मार्फत दराजमा भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पाइने 

भिसा कार्ड मार्फत दराजमा भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पाइने 

नेपालको अग्रणी ईकमर्श कम्पनी दराजले डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर भिसासँग सहकार्य गरेको छ । यो सहकार्यसँगै दराजबाट कुनै पनि सामान खरिद गर्दा भिसा मार्फत भुक्तानी गर्न सकिने छ ।

अनलाइन सपिङ साइट दराजबाट सामान खरिद गर्दा ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।  यो अफर असोज १४ गते सम्म लागु हुनेछ ।

दराजमा पाँच हजार भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना देखि  फेसनसम्मका चार लाख ५० हजार भन्दा बढी उत्पादनहरू रहेका छन्।

ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरि आफुले दराजमा सेभ गरी राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे पाँच सयसम्मको अधिकतम छुट पाउनेछन । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागु हुनेछ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामुहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं। यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं ।’

भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र  साइबर सोर्सका प्रमुख शैलेश पलले भने, ‘सामाजिक दुरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिङ हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं। दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ।’

यस साझेदारीको साथ दराज र भिसा संयुक्त रूपमा आउँदो दिनमा ग्राहकहरूका लागि विश्वसनीय, सुरक्षित र झन्झटमुक्त अनलाइन शपिङ अनुभव सुनिश्चित गर्न चाहेको दराजले जनाएको छ ।