कीवर्डहरू -

\'सहकारी संस्थाहरुका लागि विद्युतीय वित्तिय सेवा आजको आवश्यकता\' विषयक वेभिनार सम्पन्न

\'सहकारी संस्थाहरुका लागि विद्युतीय वित्तिय सेवा आजको आवश्यकता\'  विषयक वेभिनार सम्पन्न

क्यान महासंघ, Women In ICT Committee को आयोजना र प्रभ्रू मेनेजमेन्टको सहकार्य तथा क्यान रुपन्देही, क्यान दोलखा, क्यान चितवन र क्यान सिन्धुपाल्चोकको संयोजनमा आज “सहकारी संस्थाहरुका लागि विद्युतीय वित्तिय सेवा आजको आवश्यकता” विषयक वेभिनार सम्पन्न भयो ।

तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दोलखा, श्री महिला बचत तथा ऋण सहकारी संस्था, सिन्धुपाल्चोक, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था चितवनका पदाधिकारी सदस्यहरु, क्यान महासंघ केन्द्र प्रदेश तथा जिल्ला शाखा कार्यासमितिहरुको उपस्थितीमा उक्त वेभिनार सम्पन्न भएको हो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवर, प्रभु् ग्रुपका उपाध्यक्ष तथा प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले सस्थाहरुले आफ्नो सेवालाइ कसरी डीजिटलाइज गर्ने बिषयमा धारणा राखेका थिए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवर, प्रभु् ग्रुपका उपाध्यक्ष तथा प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले सस्थाहरुले आफ्नो सेवालाइ कसरी डीजिटलाइज गर्ने बिषयमा धारणा राखेका थिए । यसैगरी क्यान महासंघका महासचिव नारायण थापा, कार्यक्रमका श्रोत व्यक्ति केशव आचार्य, श्रृष्टी पन्त, सहजकतार् रिना श्रेष्ठले पनि कार्यक्रममा विचार प्रस्तुत गरेका थिए ।  सहभागी संस्थाहरुको तर्फबाट तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही अध्यक्ष कमला बस्नेत कुँवर, Women In ICT Committe का संयोजक शिला कार्की लगायतले सहकारी संस्थाहरुले आफ्नो सेवा तथा करोवारलाई कसरी डिजिटलाइजेशन गरी सम्पुर्ण वित्तीय क्रियाकलाप र गतिविधिहरुलाई सहज र सरल एवं सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा धारणा प्रस्तुत गरे । कार्यक्रममा ९० जना सहभागिता रहेको थियो ।