कीवर्डहरू -

एन आईसी एशिया बैंकले बैंकिङ सेवा सुचारू राख्न गर्‍यो डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था

एन आईसी एशिया बैंकले बैंकिङ सेवा सुचारू राख्न गर्‍यो डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था

एन आईसी एशिया बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेवा प्रदान गर्न सिमित शाखाहरू सञ्चालनमा ल्याएको छ ।

स्थानीय प्रशासनहरूले कोभड–१९ महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको वर्तमान अवस्थामा ग्राहकहरूमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।

यस असहज अवस्थाका बीच ग्राहकहरूको सुविधाका लागि आइतबार देखि बिहिबार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंङ्किङ सेवा दिने  बैंकले जनाएको छ । उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा बैंकको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत गराउने पनि बैंकले बताएको छ ।

यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहकहरूको बैंङ्किङ आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ।

ग्राहकहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, HELP टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न सकिन्छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा अध्यावधिक गरेको छ ।

\"\"

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ‘कोरोनासँगको लडाई, बैंङ्किङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ डिजिटल बैंङ्किङलाई जोड दिइरहेको छ ।

यस बैंकको मोबाइल बैंङ्किङ तथा ईन्टरनेट बैंङ्किङ लगायत विद्युतीय बैंङ्किङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि गर्न सक्नुहुनेछ ।