कीवर्डहरू -

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा समस्या

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा समस्या

बिहीबार जिमेल र गूगल ड्राइभसँगै गूगलका अन्य सेवामा समस्या देखिएको छ । जी सुइट ड्यासबोर्डका अनुसार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ ।

जिमेलबाट फाइल अट्याच गरेर पठाउन खोज्दा नजाने समस्या देखिएको हो । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ।

त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस समस्या बारे अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो समस्या समाधान गर्ने गूगलले जनाएको छ ।