कीवर्डहरू -

भिजिटर बढी भएपछि मेरो सेयर पोर्टल सुस्त

भिजिटर बढी भएपछि मेरो सेयर पोर्टल सुस्त

मेरो सेयरको वेबसाइटमा ५० हजार भन्दा बढी भिजिटर आएपछि सिस्टमले काम गर्न सकेको छैन् । मेरो शेयरमा समस्या आएपछि लगानीकर्ताले आइपीओमा लगानी गर्न पाएका छैनन् ।

बुधबार लिबर्टी इनर्जी र बिहीबारदेखि समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सुरु भएको छ । पछिल्लो समय जारी भएका आईपीओमा ८० प्रतिशत आवेदन अनलाइन र बाँकी बैंकमै गएर फाराम भरी आईपिओमा आवेदन पर्ने गरेको थियो ।

काठमाडौं उपत्यकामा आजदेखि लागु भएको निषेधाज्ञाका कारण मेरो सेयरबाटै आईपीओमा लगानी गर्नेको संख्या बढेको छ । निषेधाज्ञाका कारण बैंक तथा वित्तिय संस्थामा गएर आवेदन दिन नपाएपछि मेरो सेयरमा लोड बढी भएको हो । व्याण्डविथ थप भएपछि यो समस्या हट्ने जनाइएको छ ।