कीवर्डहरू -

आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने

आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने

अब आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने भएको छ । कोरोना महामारीका कारण काठमाडौं उपत्यकासँगै अन्य केही ठाउँमा पनि निषेधाज्ञा जारी भएको छ ।

अत्याआवश्यक काममा बाहेक अन्य बेला घरबाट बाहिर जान पाइदैन् । यो परिस्थितिलाई कारण बाहिर निस्किएर कारोबार गर्न नमिलेको खण्डमा आफ्नो मोबाइलमा आइएमई पे मोबाइल एप डाउनलोड गरी सुरक्षित रुपमै रेमिट्यान्स रकम प्राप्त गर्न सकिने छ । आइएमई मार्फत पठाएको रकम तथा रेमिट्यान्स आइएमई पे एपमै पाउन सकिने छ ।

आइएमई पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो मोबाइल वालेट हो । आइएमई पे मोबाइल एपको प्रयोग गरी इन्टरनेट, टीभी, बिजुली, खानेपानी लगायतको बिल तिर्न सकिने छ । साथै मोबाइल रिचार्ज पनि गर्न सकिने लगायत इएमआई, इन्स्योरेन्स प्रिमियम, मुभि टिकट, पेट्रोल लगायको भुक्तानी गर्न सकिन्छ ।

आइमई पेको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडको लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसको लागि यहाँ क्लिक गर्नुहोस् ।