कीवर्डहरू -

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा देखिएको समस्या समाधान

जिमेल, ड्राइभ लगायत गूगलका अन्य सेवामा देखिएको समस्या समाधान

जिमेल र गूगल ड्राइभसँगै गूगलका अन्य सेवामा देखिएको समस्या समाधान भएको छ । जी सुइट ड्यासबोर्डका अनुसार आज जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको थियो । सो समस्या अहिले समाधान भएको छ ।

नेपाल सहित विश्वका अन्य देशमा जिमेलबाट फाइल अट्याच गरेर पठाउन खोज्दा अट्याच नहुने समस्या देखिएको थियो ।

त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको थियो । यी सबै समस्या अहिले समाधान भइसकेको छ ।