कीवर्डहरू -

भदौ ११ गतेबाट रिचार्जरमा मेगा सेल ग्याजेट मेला सुरु हुदै, ५० प्रतिशतसम्म छुटमा सामान पाइने

भदौ ११ गतेबाट रिचार्जरमा मेगा सेल ग्याजेट मेला सुरु हुदै, ५० प्रतिशतसम्म छुटमा सामान पाइने

मोबाइल एप रिचार्जर ले भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा ५० प्रतिशतसम्म छुटमा सामानहरु पाइने छन् ।

लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु सो मेगा सेलमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो ।

ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका साथै कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

भदौ ११ गतेबाट एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर अकाउण्टमा जम्मा हुने ग्लाइडरले जानकारी दिए ।

भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गर्नेहरु मध्येबाट एकजनालाई गोलाप्रथाबाट आइफोन एसई प्रदान गर्नुका साथै हरेक दिन एकजनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ । हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक पेज लाइभ मार्फत विजेता घोषणा हुनेछ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । एन ९५ मास्क ३५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ ।

कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

रिचार्जरको मोबाइल एप डाउनलोड गर्न एण्ड्रोइडको लागि यहाँ क्लिक गर्नुहोस् । भने आइओएसको लागि यहाँ क्लिक गर्नुहोस् । साथै रिचार्जरको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।