कीवर्डहरू -

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता, सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सुरु गरिने

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता, सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सुरु गरिने

सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसनसँग व्यावसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबंधक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात् ३६०ट्रान्सपोर्ट सोलुसन्स अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।

बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहि हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्जट नरहने विश्वास बैंकले लिएको छ ।