कीवर्डहरू -

ईसेवा मनि ट्रान्सफर मार्फत आएको रकम अब कृषि विकास बैंकबाट निकाल्न मिल्ने

ईसेवा मनि ट्रान्सफर मार्फत आएको रकम अब कृषि विकास बैंकबाट निकाल्न मिल्ने

कृषि विकास बैक र ईसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानीको लागि सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट रुपमा भुक्तानी लिन सकिने छ ।

सक्त सम्झौता पत्रमा बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र ईसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागका कृष्णप्रसाद नेपाल ,शान्तिप्रसाद रिजाल र ईसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको पनि उपस्थिति रहेको थियो ।