कीवर्डहरू -

अब लगानीकर्ताले अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने

अब लगानीकर्ताले अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने

ब्रोकर कार्यालय नगई अनलाइन युजर आईडी र पासवर्ड अनलाइनबाटै पाइने भएको छ । लगानीकर्ताको सुविधाका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकरहरुलाई निर्देशन दिएको हो ।

यससँगै अब लगानीकर्ताले ब्रोकरको कार्यालयसम्म नगई अनलाइन युजर आइडी र पासवर्ड प्राप्त गर्न सक्ने छन् ।

साथै लगानीकर्ताले अब घरमै बसेर सेयर किन्न वा बेच्नको लागि ब्रोकर कम्पनीहरुलाई आदेश दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले आजदेखि सेयर किनबेचको आदेश दिन सक्ने व्यवस्था गरेको हो ।