कीवर्डहरू -

अनलाइनबाटै निःशूल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी   

अनलाइनबाटै निःशूल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी   

ब्रोडवे इन्फोसिसले निशूल्क पाइथन प्रोग्रामिङ सिकाउने भएको छ । आइटी सम्बन्धि तालिम प्रदान गर्ने संस्था ब्रोडवेले अनलाइनबाटै निशूल्क पाइथन प्रोग्रामिङ सिकाउने भएको हो ।

भर्चुअल रुपमा आयोजना हुने निशूल्क पाइथन प्रोग्रामिङ सेसन भदौ १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । जुन हरेक दिन बिहानको १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ ।

यस पाइथन प्रोग्रामिङको सेसनमा पाइथनको फन्डामेन्टल, फ्रेमवर्क, स्कोप र एप्रोच लगायको विषयमा सिकाइने छ । एक दशक बढी अनुभव भएका इण्डष्ट्री लिडिङ प्रशिक्षकबाट पाइथनको प्रोग्रामिङ सिकाइने ब्रोडवेले बताएको छ ।

साथै पाइथनको यस निशूल्क सेसनमा पाइथनका अवसरहरुको बारेमा थप जानकारी पाउन सकिने छ ।  पाइथन प्रोग्रामिङको यस निशूल्क सेसनमा सहभागी हुन यहाँ क्लिक गरेर फाराम भर्नुहोस् ।