कीवर्डहरू -

अनलाइनबाटै हुवावे क्लाउड समिट आयोजना हुदै, आकर्षक पुरस्कार समेत जित्न सकिने

अनलाइनबाटै हुवावे क्लाउड समिट आयोजना हुदै, आकर्षक पुरस्कार समेत जित्न सकिने

हुवावे इन्टरनेसनलले हुवावे क्लाउड समिट २०२० आयोजना गर्ने भएको छ । हुवावेले भर्चुअल रुपमा ‘हुवावे क्लाउड समिट २०२० सिङ्गापुर’ कार्यक्रम आयोजना गर्ने भएको हो ।

अनलाइन मार्फत हुने यो कार्यक्रम भदौ १२ गते बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको सुरुवात तथा वेलकम स्पीच हुवावे इन्टरनेसनलका प्रबन्ध निर्देशक एन्डी वेले गर्नेछन ।

रकेट एसिया प्यासिफिकका भूतपूर्व प्रबन्ध निर्देशक राफेल कोहेनले इन्टरनेट उद्योगको प्रवृत्ति र नवीन अवसरहरुको बारेमा जानकारी दिनेछन् । त्यस्तै हुवावे इन्टरनेसनलका वरिष्ठ निर्देशक नीयो टेकले क्लाउड टेक्नोलोजी, एआई टेक्नोलोजी र फाइभजीको प्रयोगले असम्भवलाई कसरी सम्भव पार्न सकिन्छ भनेर जानकारी दिने बताइएको छ ।

यो कन्फेरेन्समा विभिन्न उद्योगमा  नविन क्लाउड टेक्नोलोजी, एआई टेक्नोलोजी, फाइभजी टेक्नोलोजी तथा हुवावे क्लाउड बारे जानकारी प्रदान गरिनेछ ।

यस कार्यक्रममा स्मार्टवाच, मोबाइल तथा ट्याबलेट जस्ता आकर्षक पुरस्कार समेत जित्ने मौका पाइने छ । जसको लागि वेबिनारमा सहभागी हुनु पर्नेछ । यस कार्यक्रममा सहभागी हुनको लागि यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।