कीवर्डहरू -

डिजिटल संवादको १७ औं श्रृंखलामा महिला र डिजिटलाइजेसनको बारेमा छलफल हुदै 

डिजिटल संवादको १७ औं श्रृंखलामा महिला र डिजिटलाइजेसनको बारेमा छलफल हुदै 

डिजिटल संवादको १७ औं श्रृंखलामा ' महिला र डिजिटलाइजेसन' विषयमा भर्चुअ राउण्ड टेवल डिस्कसन हुदैछ । वुमन इन आइटी (डब्लुआइटी) को सहकार्यमा आयोजना हुन लागेको सेसनमा प्रविधिमा महिलाको क्षेत्रलाई फरकिलो बनाउदै सहभागिता, अवसर सृजना गर्नेतर्फ छलफल केन्दि«त हुनेछ ।

शनिवार दिउसो १ बजेदेखि जुममार्फत सञ्चालन हुने कार्यक्रम डिजिटल संवाद, लिभिङ विथ आइसिटी, वुमन इन आइटी लगायतका फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।

कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन । यसको लागि यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्न सकिनेछ ।

यस कायक्र्रममा सूचना प्रविधिको क्षेत्रमा अग्रज महिला, स्थानिय निकाय र सरकारी निकायका प्रतिनिधिहरु बिच छलफल हुनेछ । यसैगरी कार्यक्रममा आइटी क्षेत्रमा कृयाशिल महिला र विज्ञहरु पनि स्रोत व्यत्तिको रुपमा रहेका छन । यो क्षेत्रका डोमेन च्याम्पियनहरुको समेत कार्यक्रममा सहभागिता रहनेछ ।


डिजिटल संवाद गत चैत दोश्रो सातादेखि भएको लकडाउनदेखिनै सुरु भएको वृहत अनलाइन छलफल कार्यक्रम हो । यसमा प्रविधिका विभिन्न पक्षलाई सरकार, सरोकारवाला र डोमेन च्याम्पियनहरुलाई समावेश गर्दै खुल्ला राउण्ड टेवल डिस्कसनको फम्र्याटमा कार्यक्रम सञ्चालन गरिन्छ ।

यसअघि विभिन्न १६ श्रृंखलामा डिजिटल नेपालका अभियानसँग कनेक्ट हुने विषयहरुमा कार्यक्रमहरु सञ्चालन भइसकेका छन । कार्यक्रम पश्चात सम्वन्धित निकायमा रिपोर्ट प्रस्तुत गर्ने र संवादमा उठेका कुराहरुलाई सम्वन्धित निकाय तथा सरकारको तर्फबाट सम्वोधन गर्न प्रयास गरिने कार्यक्रमका संयोजक पूर्वमन्त्री गणेश शाहले बताए ।

कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन । यसको लागि यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्न सकिनेछ । कार्यक्रम लाइभ हेर्नको लागि आज(शनिवार) ठिक १ बजे यो पेजमा जोडिन सकिनेछ । कार्यक्रम महिनाको पहिलो र अन्तिम शनिवार पाक्षिक रुपमा सञ्चालन हुदै आइरहेको छ ।