कीवर्डहरू -

विद्युतीय माध्यमबाट कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आग्रह

विद्युतीय माध्यमबाट कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आग्रह

धितोपत्र व्यवसायीहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । कोरोना महामारीको संक्रमण कम गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विद्युतीय भुक्तानीको प्रयोग गर्न आग्रह गरेको हो ।

एसोसिएसनले शुक्रबार एक जारी सूचना जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आइपीएस लगायतका इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन आग्रह गरेको छ ।

‘अब उप्रान्त धितोपत्र दलाल व्यवसायहरुले विद्युतीय माध्यम बाहेक भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रष्ट पार्न चाहन्छौ’ उक्त विज्ञप्तीमा भनिएको छ ।

\"\"