कीवर्डहरू -

डिशहोम फाइबर नेटको प्रोमोसनल अफर, वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोम फाइबर नेटको प्रोमोसनल अफर, वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमले आफ्नो इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ । कम्पनीले २५ एमबीपीएस र ४० एमबीपीएस इन्टरनेट स्पीड सहित प्रोमोसनल अफर सार्वजनिक गरेको हो ।

डिसहोम फाइबर नेटको सेवा अहिले काठमाडौं उपत्यकाको कपन, बौद्ध, भैसेपाटी, बुङ्गमति, खोकना, तिनकुने र बानेश्वरमा उपलब्ध रहेको छ । अब विस्तारै काठमाडौ उपत्यकाका अन्य ठाउँमा र देशका प्रमुख सहरमा पनि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

डिसहोम फाइबर नेटको प्रोमोसनल अफर अन्तर्गत २५ एमबीपीएसको इन्टरनेट एक महिनाको ११ सय रुपैयाँ, तीन महिनाको तीन हजार रुपैयाँ, ६ महिनाको ५ हजार ५ सय रुपैयाँ र १२ महिनाको १० हजार रुपैयाँमा पाइने छ ।

त्यस्तै ४० एमबीपीएसको इन्टरनेट एक महिनाको १ हजार ५ सय रुपैयाँ, तीन महिनाको ४ हजार २ सय रुपैयाँ, ६ महिनाको ७ हजार ८ सय रुपैयाँ र १२ महिनाको १४ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

\"\"