कीवर्डहरू -

जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने

जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने

कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । कोरोना संक्रमणको सुरुवातमा मास्कको अभाव भएपनि पछिल्लो समय कम्पनीहरुले थरि थरिका मास्कको उत्पादन गरिरहेका छन्  । केहि कम्पनीहरुले गर्मी महिना अनुकुल मास्क बजारमा ल्याएका छन् भने केहि कम्पनीहरुले फ्यासनेवल मास्क उत्पादन तथा विक्रि वितरण सुरु गरिसकेका छन् ।

जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको छ । जसमा ईन्टरनेट कनेक्शन गर्न सकिनेछ । उक्त स्मार्ट मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउनेछ ।


यसैबिच जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको छ । जसमा ईन्टरनेट कनेक्शन गर्न सकिनेछ । उक्त स्मार्ट मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउनेछ । कम्पनीका अनुसार उक्त मास्कले विभिन्न ८ वटा भाषालाई जापानी भाषामा अनुवाद गर्न सक्नेछ ।

यो मास्कलाई ब्लुतुथको माध्यमबाट स्मार्ट फोन तथा ट्याबलेट्सहरुमा जोड्न सकिन्छ । जसमा जडित एप्लिकेशनको साहयताले मास्क लगाउने व्यक्तिको आवाज लाई लिखित म्यासेजका रुपमा परिवर्तन गराउन,फोन सम्पर्क गराउ तथा आवाजलाई बढाउन समेत मद्दत गर्दछ ।

\"\"

डोटन रोबोटिक्सले सुरुवातमा सेप्टेम्बर महिनामा ५ हजार प्रति उक्त स्मार्ट मास्क जापानी बजारमा उपलब्ध हुनेछ । त्यसपछि चीन,अमेरिका तथा युरोपियन बजारमा निर्यात गरिने जनाइएको छ । यो मास्कको मूल्य करिब ४० डलर पर्ने अनुमान गरिएको छ ।