कीवर्डहरू -

\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने 

\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने 

इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क 'खल्ती' डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झाैता गरेकाे छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेकाे पिइए एसाेसिएसनकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएकाे वेवसाइटबाट पनि विद्यार्थीले याे सुविधाकाे उपयाेग गर्न सक्नेछन् । पिइए एसाेसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएकाे छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेकाे पिइए एसाेसिएसनकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्

इन्जिनियरिंग अध्ययन संस्थामा आवद्ध व्यवसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पिइए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा संचालित रहेकाे पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्काेटाले जानकारी दिए । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएकाे सुविधा लिन निकै सहज हुने छ,’ उनले भने ।

पिइएबाट हजाराैंले प्रवेश परीक्षाकाे तयारी गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट कलेजहरूमा भर्ना हुने अबसर पाएका छन् । यस संस्थासँग उच्च तालिमप्राप्त बर्षाैंकाे अनुभव हासिल गरेका प्रशिक्षकहरू छन् । यहाँबाट प्रवेश परीक्षाकाे तयारी गर्ने विद्यार्थीलाइ प्रतिस्पर्धमा खराे रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीकाे स्तराेन्नती गरिरहेकाे छ । संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगकाे शुल्क तिर्न सकिन्छ ।

'खल्ती' डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । 'खल्ती' वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । 'खल्ती'का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?

'खल्ती' एप यो लिंक बाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।