कीवर्डहरू -

फोनमा पानी पस्दा के गर्ने ?

फोनमा पानी पस्दा के गर्ने ?

कहिले काही दुर्घटनावस फोनमा पानी पस्न सक्छ वा हाम्रै हातबाट पनि फोन पानीमा खस्न सक्छ । त्यसले गर्दा फोनको भित्री भागलाई असर पार्न सक्छ । यदि फोनमा पानि पस्यो भने के गर्ने ? आज हामी यसबारे जानकारी दिदैछौं ।

फोनमा पानी पसिसकेपछि सबै भन्दा पहिले आफ्नो फोन अन छ भने अफ गर्नपर्छ । अफ गरे पछि पनि कुनै खाले बटन थिच्नु हुदैन नत्र शर्ट सर्किटको डर हुन्छ ।

पुरानो मोडेलको फोन छ, भने अझै सजिलो हुन्छ किनभने हामीले त्यसबाट ब्याट्री, मेमोरी कार्ड र सिमकार्ड झिक्दिएर फोनलाई सुरक्षित बनाउन सक्छौं । यी कुराहरु झिकेपछि मोबाइललाई हेयरड्रायर अथवा पंखाको मुनि राख्नु पर्दछ ।  मोबाइलको देखिने भागलाई भने सुख्खा कपडा या पेपर टावलले पुछन सकिन्छ ।

यति गरिसकेपछि पनि फोनलाई तुरुन्तै चलाउनु हुदैन । करिब २४ घण्टा सम्म मोबाइललाई नचलाई छाडिदिनु पर्छ । फोनलाई सुख्खा चामलमा ठहराएर राख्दा पनि हुन्छ तर फोन भित्र चामल नछिरोस भन्ने कुराको चाँही खयाल गर्नुपर्छ ।

२४ घण्टा सम्म सुख्न छाडिदिए पछि मात्र फोनलाई अन गर्नुपर्छ र चार्ज नभएमा चार्जमा जोडनुपर्छ । चार्जमा जोडे पछि पनि अन भएन भने नजिकैको मोबाइल सर्भिस स्टोरमा जानुपर्छ ।