कीवर्डहरू -

अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै

अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै

अब छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ । छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत प्रदान गर्ने उदेश्यका साथ प्रिन्टसेवा सञ्चालनमा आएको छ ।

प्रिन्टसेवा नेपालकै पहिलो अनलाइन प्रिन्टिङ प्लेटफर्म भएको कम्पनीको दाबी रहेको छ । प्रिन्टसेवाले ५० भन्दा बढी किसिमको पेपरको प्रयोग र ३० भन्दा बडी मिडिया प्रयोग गरी गुणस्तरीय छपाईको सेवा दिने जनाएको छ ।

प्रिन्टसेवाले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन लगायतमा छाप्न सकिने सुविधा प्रदान गरेको छ ।यसबाट डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रिन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, युभि प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिने छ । प्रिन्टसेवाले विगत १२ वर्षदेखि प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीका अनुसार प्रिन्टसेवाले भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आइडि कार्ड, खाम, डायरी, स्टाम, टि–सर्ट, क्याप, कि रिङ, डटपेन, घडी, छाता, क्याटलग, कम्पनी प्रोफाइलको सुविधा प्रदान गर्ने छ ।

त्यस्तै प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइवे बोर्ड, इन्डोर साइनेज, मग, प्लेट, कुसन, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम्, ग्रिटिङ कार्ड, ट्याग, रेकर्ड फाइल, पत्रिका, किताब, कपि, स्लिप, नोट कपि, ड्याङ्लर, स्टिमर, निमान्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइल हाउजिङ जस्ता सुविधा पनि प्रिन्टसेवामा उपलब्ध हुनेछन ।

छपाई सम्बन्धि सेवा अनलाइनबाटै पाउन प्रिन्टसेवाको वेबसाइट मार्फत अडर गर्नुपर्ने हुन्छ । छपाईको अर्डर गरेपछि कम्पनीले घरमै डेलिभरी पनि गरिदिने छ । यसमा भुक्तानीको लागि क्यास अन डेलिभरी, ईसेवा तथा खल्तीको सुविधा रहेको छ ।

होम डेलिभरीको सुविधा अहिले काठमाडौंमा मात्र उपलब्ध रहेको देशको जुनसुकै ठाउँमा पनि डेलिभरी सुविधा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।