कीवर्डहरू -

टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने

टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने

टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ । डोनाल्ड ट्रम्पले आफूसँग भएको कार्यकारी पावरको प्रयोग गरेर केही समय अगाडी टिकटकलाई ब्याण्ड गर्ने बताएका थिए ।

टिकटकका प्रवक्ता जोश गार्टरले ट्रम्पको प्रशासनले तथ्यको बोध नगरिकनै प्राइभेट कम्पनीको कारोबारको बिचमा आएको बताएका थिए । टिकटकले अमेरिकी प्रशासनले उठाएको राष्ट्र सुरक्षाको चिन्ता गलत भएको ठहराएको छ ।

कम्पनी र प्रयोगकर्ताको हक र समानताको लागी न्यायको सहारा लिएर अघि बढेको भन्ने गार्टरको भनाइ थियो । अगस्त ६ मा डोनाल्ड ट्रम्पले बाइटडान्स सँग सबै कारोबार रोकेका थिए । यूजरको सूचनाको क्षेत्रमा टिकटकले गर्दा आपतकालिन परिस्थितिनै आउने ट्रम्पको भनाइ थियो ।

ट्रम्पले अर्को एक्जिक्यूटिभ अर्डर दिएर बाइटडान्सले ९० दिन सम्ममा अमेरिकामा टिकटक बेच्नु पर्ने वा बन्द गर्नुपर्ने अर्डर दिएका छन् । जस कारण माइक्रोसफटले टिकटक किन्न सक्ने आशङ्का जताइएको छ । ओराकल, रिलायन्स र टवीटर पनि छुट्टै टिकटकसँग खरिदको लागि कुराकानी गरिरहेका छन् ।