कीवर्डहरू -

सस्तोडिलको अर्को सफलता: भारतीय फेसन  ब्रान्ड मिन्त्रसँग सहकार्य 

सस्तोडिलको अर्को सफलता: भारतीय फेसन  ब्रान्ड मिन्त्रसँग सहकार्य 

नेपालको ईकमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ईकमर्स कम्पनी सँग  रणनैतिक साझेदारी गर्न सफल भएको छ । फ्लिपकार्ट पछि सस्तोडिलले भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनैतिक साझेदारी गरेको छ ।

सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्रि वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीईओ अमन थापाले बताए ।

साझेदारी पछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसैगरी सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिनेछ थापाले बताए।

मिन्त्र फेसन ब्रान्डका प्रमुख मनोहर कामथले भने, ‘हामी  नेपालको अग्रणी ईकमर्स कम्पनी सस्तोडेलसँग साझेदारी गर्न पाउँदा खुसी छौं।

‘यस क्षेत्रमा फेसन प्राथमिकता र बढ्दो अनलाइन शपिंङको समानताले  अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्छ,’ कामथले भने, ‘हामी विश्वस्त छौं, सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा प्रस्तावहरू चाँडै नै नेपालका जनतामा लोकप्रिय हुनेछन् जसले यस क्षेत्रको विकास र विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ ।’

सस्तोडिलले समय अनुसारको नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ जुन नेपालका फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्ने कम्पनीले जनाएको छ । यस उत्सवको मौसममा मिन्त्रसँग मन उड़ाउने मौसमी प्रस्तावहरूको लागि उनीहरूको योजनाहरूलाई पनि ल्याइने बताइएको छ ।

सस्तो डिलको सबैभन्दा धेरै शेयर भएको कम्पनी डोल्मा इम्पयाक्ट फण्डका सँस्थापक कार्यकारी सिइओ टिम गोसरका भने ‘सस्तोडिलको स्थापित नेपाली बजारमा मिन्त्रको प्रवेश नेपाली उपभोक्ताहरूलाई अझ परिस्कृत र उपयोगी सपिङ माध्यम बनाउन सफल हुनेछ।’

गोसरले भन्छन्, ‘नेपालमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरुमा बढ्दै गएको डिजिटल प्लेटफर्मको मागको एउटा प्रमाण हो । यसले सस्तो डिलको नेपाली बजारमा रहेको सफल छविको पनि पुष्टि गरेको छ ।’

सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालान तथा सहसंस्थापक टेल वेंचर पार्टनर्स प्राइभेट लिमिटेड विश्वस्त छन् कि यो साझेदारी इकमर्स उद्योगको लागि मात्र नभई समग्र इकोसिस्टमको लागि पनि परिवर्तनकर्ता हुनेछ ।

सस्तो डिलका अध्यक्ष प्रतिक जलनले यस सहकार्यले ईकमर्सको क्षेत्रमा एक गेम चेन्जरको रुपमा का मगर्ने विश्वास व्यक्त गरे । यति मात्र नभएर यस सहकार्यले ईकमर्सको सम्पुर्ण इको सिस्टमको लागि गेम चेन्जरको रुपमा स्थापित हुने जलनले बताए ।