कीवर्डहरू -

टेक वेबिनार नेपालको आजको श्रृंखलामा फ्लटर बारे सिकाइदै

टेक वेबिनार नेपालको आजको श्रृंखलामा फ्लटर बारे सिकाइदै

टेक वेबिनार नेपालले फ्लटरको थिममा आफ्नो २० औं श्रृङ्खला आयोजना गरेको छ । यो वेबिनार आज साँझ ७ बजेबाट सुरु हुनेछ ।

यस कार्यक्रममा सफ्टवेयर आर्किटेक्ट , ईलडाड ए. फक्स , प्रविधि परार्मशदाता दामोदार लोहनी र यूआई यूएक्स डिजाइनर श्याम अधिकारीले फ्लटरको बारेमा विशेष जानकारी दिने छन् ।

ईलडाड ए. फक्सले एपराईट सुरक्षित तथा खुल्ला स्रोत ब्याकएन्ड सर्भरको विषयमा छलफल गर्नेछन् । त्यस्तै दामोदार लोहनीले रिभरपोडको मद्दतले फ्लटर स्टेट व्यवस्थापनको बारेमा कुरा गर्नेछन् र श्याम अधिकारीले क्रस प्लेटफर्म एपको लागी डिजाइन बनाउने विषयमा कुरा गर्नेछन् ।