प्रविधिको विकासक्रमसँगै लैंगिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसख्ंया रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।
'वुमन इन आइटी'का अध्यक्ष गुणकेशरी प्रधान भन्छिन "पछिल्लो समय महिलाहरु निर्णय गर्न सक्ने पदहरुमा पुगिसकेका छन् त्यसकारण पनि अब हरेक फोरम, कार्यक्रममा सहभागिता गराउनु आवश्यक छ ।"
भदौ ६ गते 'वुमन इन आइटी' को एसोसिएसनमा आयोजना भएको डिजिटल संवादको १७औं श्रृंखलामा ‘ महिला र डिजिटलाइजेसन’ विषयमा बोल्दै प्रविधि क्षेत्रमा संलग्न अग्रणी महिलाहरूले प्रविधिको महत्व र समानताको बारेमा कुरा गरेका थिए ।
प्रविधि क्षेत्रमा महिलाको सहभागिताले डिजिटलाइजेसन र ज्ञानमा आधारित समाज निर्माणमा सहज हुने धारणा उनीहरूले व्यक्त गरे । प्रविधि क्षेत्रमा कार्यरत १५० बढी महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा बोल्दै सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका नेपाली महिलाहरूले आफ्नो अनुभव सेयर गरेका थिए ।
पछिल्लो समय नेपालमा पनि महिलाहरू प्रविधिको क्षेत्रमा अग्रसर भइरहेको पाइन्छ । तर, उद्यमी तथा प्राविधिक पक्षबाट नेतृत्व गर्ने क्रममा महिलाहरू पछाडि परेको अध्ययनले देखाउँछ ।
पछिल्लो समय नेपालमा पनि महिलाहरू प्रविधिको क्षेत्रमा अग्रसर भइरहेको पाइन्छ । तर, उद्यमी तथा प्राविधिक पक्षबाट नेतृत्व गर्ने क्रममा महिलाहरू पछाडि परेको अध्ययनले देखाउँछ । बैंकिङ क्षेत्रमा व्यवस्थापनमा महिलाहरूको संख्या उल्लेख्य भए पनि प्राविधिक पक्षमा कम रहेको प्रभु बैंकको आइटी प्रमुख रत्नतारा वैद्यले बताइन् । महिलालाई अगाडि बढाउन डिजिटल साक्षरता महत्वपूर्ण हुने बताउँदै वैद्यले अबको समयमा महिलाहरू आफै अग्रसर हुनुपर्ने धारणा राखिन् ।
नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर तथा 'वुमन इन आइटी' संस्थाका अध्यक्ष गुणकेशरी प्रधान भन्छिन "पछिल्लो समय महिलाहरु निर्णय गर्न सक्ने पदहरुमा पुगिसकेछन् त्यसकारण हरेक फोरम, कार्यक्रममा सहभागिता गराउनु छुटाउनु हुदैन ।" प्रविधि क्षेत्रमा महिलाको सहभगिता र पहुच बढाउन 'WIIT' ले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको समेत प्रधानले जानकारी दिइन । पहिलो महिला प्रोफेसर तिमिला यमीले दुर्गम क्षेत्रका महिलालाई पनि प्रविधिको पहुँचमा ल्याउनुपर्ने र यसको लागि ग्रामीण दूरसञ्चार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् । विद्यालय स्तरको शिक्षादेखि नै बालिकाहरूलाई कम्प्युटरतर्फको ज्ञान दिने र उच्च शिक्षामा प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहन गर्नुपर्ने यमीको भनाइ छ ।
पूर्व डिआइजी शिला कंसकार कार्की भन्छिन "अब हरेक किसिमले महिलाहरु सक्षम हुदै गएका छन तसर्थ हौसला, प्रोत्साहनसँगै महिलाहरु आफै अग्रसर हुनु आवश्यक छ ।"
नेपाल प्रहरीका पूर्व डिआइजी शिला कंसकार कार्कीले महिलाहरु 'फाइट' गर्न डराउनु नहुने बताइन । नेपाल प्रहरीको प्रविधि तथा कम्प्युटर विभागमा पनि महिलाहरुको लागि राम्रा अवसरहरु छन तर सहभागिता कम हुने गरेको कार्कीको भनाई थियो । पूर्व डिआइजी शिला कंसकार कार्की भन्छिन "अब हरेक किसिमले महिलाहरु सक्षम हुदै गएका छन तसर्थ हौसला, प्रोत्साहनसँगै महिलाहरु आफै अग्रसर हुनु आवश्यक छ ।"
कार्यक्रम सञ्चालिका शिखा श्रेष्ठले महिलाहरु सक्षम भएपनि विभिन्न कारणले पछाडी पार्न खोजिने कुरा गर्दै अब यो डिजिटल समाजमा अगाडी बढ्न प्रसस्त अवसरहरु सृजना हुदै गएको बताइन ।
पहिलो महिला प्रोफेसर तिमिला यमीले दुर्गम क्षेत्रका महिलालाई पनि प्रविधिको पहुँचमा ल्याउनुपर्ने र यसको लागि ग्रामीण दूरसञ्चार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् ।
भर्चुअल राउण्ड टेबल डिस्कसनमा बोल्दै महिला तथा बालबालिका विभागकी महानिर्देशक रोशनी कुमारी श्रेष्ठले सरकारको पोलिसी तथा योजनाहरूमा कार्यक्रम राखिए पनि लक्षित महिलाहरूले प्राप्त गर्न नसकेको र पोलिसी कार्यान्वन पक्ष फितलो रहेको बताइन् । सरकारले नयाँ योजनाहरू ल्याएर महिला उद्यमीहरूलाई सहयोग पु¥याइरहेको उनले बताइन् । तर, सरकारको योजनाबद्ध कार्यक्रम र डिजिटल साक्षरताको कमीले अझै महिलाहरू पछि परेको श्रेष्ठको भनाइ थियो ।
कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीता कुमारी अधिकारीले दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहँुच पुग्न नसकेको कारण महिलाहरू अझ ओझेलमा परेको बताइन् । पछिल्लो समय वैकल्पिक शिक्षा प्रयोगमा पनि समस्या रहेको बताउँदै अब नयाँ पुस्ता प्रविधिमा अभ्यस्त बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई योजना, कार्यक्रम र बजेटमा सहयोग गर्नुपर्ने अध्यक्ष अधिकारीले बताइन् ।
ऐनसेलको प्राविधिक प्रबन्धक लेना केशरी कंसाकारको अनुसार सबैभन्दा महत्वपूर्ण कुरा भनेकै आत्मविश्वास हो । ‘महिलाहरूले आइटी क्षेत्रमा राम्रो गर्नका लागि आफू माथि विश्वास गर्नु र प्रोत्साहन लिएर अघि बढ्नु नै अहम् कदम हो,’ कंसाकारले भनिन् । राम्रो शिक्षाले महिलालाई प्राविधिक क्षेत्रमा अघि बढ्न सहज हुने बताउँदै शिक्षामा समान पहँुच र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कंसाकारले बताइन् ।
ऐनसेलको प्राविधिक प्रबन्धक लेना केशरी कंसाकारको अनुसार सबैभन्दा महत्वपूर्ण कुरा भनेकै आत्मविश्वास हो । ‘महिलाहरूले आइटी क्षेत्रमा राम्रो गर्नका लागि आफू माथि विश्वास गर्नु र प्रोत्साहन लिएर अघि बढ्नु नै अहम् कदम हो,’ कंसाकारले भनिन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक रोजा किरण वासुकलाले अहिलेको समयमा सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर अघि बढ्नुपर्ने बताइन् । दूरसञ्चार प्राधिकरणले पनि महिलालाई प्रविधिमा पहुँच बढाउन विभिन्न कामहरू गरिरहेको बताउँदै डिजिटल कनेक्टिभिटी र साक्षरता भएमा महिला, पुरुषको ग्याप कम हँुदै जाने वासुकलाको भनाइ छ । उनले भनिन्, ‘प्रविधिमा महिलाले नेतृत्व गर्न पुरुषको सहयोग र महिलाको प्रयासले सम्भव हुन्छ ।’
एनबी बैंकको शाखा प्रबन्धक अञ्जना लोहनीले आइटी क्षेत्रमा महिलाहरूले आफू सक्छु भन्ने मनसायसँगै अघि बढ्नुपर्ने बताइन् । आइटीमा काम गर्दा समय व्यवस्थापनको चुनोती हुने हँुदा महिलाहरूले अलि अप्ठ्यारो मान्ने गरेको उनको भनाइ थियो । अब महिलाले सोचाइ फराकिलो बनाउँदै डिजिलाइजेसनको प्रक्रियामा महिलाहरूले उपस्थिति बढाउनुपर्ने लोहनीको सुझाव छ ।
सोचवेरको सहसंस्थापक र सीइओ इडा रिजालको अनुसार प्रविधिको पहुँचमा लिंगको कुनै भूमिका हँुदैन । महिलाले टेक्नोलोजी तथा प्रोग्रामिङमा काम गर्न सक्दैनन् भन्ने धारणा नै गलत भएको भन्दै अबको ग्लोबलाइज्ड सिनारियोले महिलाहरूलाई अवसर सिर्जना गरेको रिजालले बताइन् । महिलाले आइटी क्षेत्रमा राम्रो पहुँच बनाउन त्यस अनुसारको महिलामैत्री वातावरण सिर्जना गरिदिनुपर्ने रिजालको भनाइ थियो ।
महिला तथा बालबालिका विभागकी महानिर्देशक रोशनी कुमारी श्रेष्ठले सरकारको पोलिसी तथा योजनाहरूमा कार्यक्रम राखिए पनि लक्षित महिलाहरूले प्राप्त गर्न नसकेको र पोलिसी कार्यान्वन पक्ष फितलो रहेको बताइन् ।
फिल्पिस अल्ट्रा साउन्डको सफ्टवेयर इन्जिनियर विना बोगटीको अनुसार आइटी क्षेत्रमा अहिले पनि पुरुषकै वर्चस्व भए तापनि महिलाहरू अघि बढे भने यो क्षेत्रमा एकदमै राम्रो भविष्य रहेको छ । अहिले लकडाउनको समयमा त होटेलको भान्छामा काम गर्ने मान्छेले पनि अर्डर लिन र चलाउन टेक्नोलोजीको ज्ञान हुनु आवश्यक देखिएको भन्दै डिजिटल लिट्रेसी बढाउन सके वातावरण सहज हुँदै गरेको बोगटीको भनाइ थियो । सेजनका उपाध्यक्ष तथा कारोबार दैनिकका सरु ढकालले महिलाहरू अहिलेको डिजिटल युगमा पुरुष सरह दाबेदार रहेको तर उचित शिक्षा, प्रोत्साहन र महिलामैत्री वातावरणको कमीले पछि परिरहेको बताइन् ।
डिजिटल संवादको महिला र डिजिटलाइजेसन सम्बन्धी कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, क्यानका संस्थापक अध्यक्ष विमल शर्मा र पूर्व अध्यक्ष लोचन अमात्य लगायतले प्रविधि तथा डिजिटलाइजेनसनमा महिलाको भूमिका र यसले समाजमा पार्ने सकारात्मक प्रभावको बारेमा विचार राखेका थिए । वुमन इन आइटीका शिखा श्रेष्ठ र पल्पसा तुलाधार कंसाकारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरूको उल्लेख्य सहभागिता थियो ।