कीवर्डहरू -

किष्ट मेडिकल अस्पताललाई \'सिस्टर रोबोट\' हस्तान्तरण, कोरोना संक्रमितको हेरचाह तथा उपचारमा सघाउने

किष्ट मेडिकल अस्पताललाई \'सिस्टर रोबोट\' हस्तान्तरण, कोरोना संक्रमितको हेरचाह तथा उपचारमा सघाउने

७ ओटा रोबोटको विकास गरिसकेको सिस्टर रोबोटको विकास टोलीले भाद्र ८ गते सोमबारका दिन थप एक अस्पताललाइ रोबोट हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यू.एन.डी.पी ) नेपाल  र  व्यवहारिक बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र (रिकास्ट)को आर्थिक सहयोगमा विकास भएको रोबोट किष्ट मेडिकल कलेज  तथा टिचिंग अस्पताललाई हस्तान्तरण गरिएको हो ।

यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गर्दैछ, जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिन्छ र तीनवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले ५ ओटा रोबोट निर्माण गर्न ४,३०,००० आर्थिक सहयोग गरेको हो  । सिस्टर  रोबोटको निर्माण पश्चात त्यस रोबोटलाई टेकु अस्पताल,  हेटौडा प्रादेशिक अस्पताल, ए।पी।एफ अस्पताल, बुटवल धागो कारखानामा हस्तान्तरण गरिसकेको छ  ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान), कान्तिबिर, ओज्टेक तथा रोबोनट्सले चैत्र ३० मा खाना तथा औषधि बोक्ने रोबोट- सिस्टर रोबोट को पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो  ।

\"\"

सिस्टर रोबोट ३०० - ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ ।

सिस्टर रोबोट ३०० - ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ, कोभिड - १९ सङ्क्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् साथ -साथै यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नेछन्, र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिन को प्रयोग गर्न सकिन्छ ।

विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट प्रदेश तिन का माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो ।  त्यस्तै दोश्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई २ लाख मूल्यमा बेचिएको थियो जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को रु. ८६,५०० आर्थिक सहयोग रहेको थियो ।

\"\"

रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशङ्का लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिनेछ ।

रोबोनट्स समुहका  पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरी ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तुति दिनेछन् । साथै ओज्टेकका रिचन जोशीले एफ.पी.भी.  First Person View सेटको साथ रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलै सँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छन् भन्ने बारेमा नर्सहरूलाई विस्तृत जानकारी दिनेछन् ।

एफ।पी।भी सेटको सहायताले रोबोट चालकले रोबोटको नजरबाट रोबोट कसरी गुडिरहेको छ भन्ने जानकारी रोबोटमा राखिएको क्यामेराको दृश्य सहित हेर्न सक्छन् । पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरी स्वचालित रूपमा आफ्नो तथा बिरामीको सरसफाइ गर्न सक्छ र बिरामी र स्वास्थ्यकर्मीहरू बिच संवाद कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरूका सुझाव तथा रोबोटको काम सम्बन्धी प्रतिक्रिया लिनेछन् । अनिल सिंहले रोबोटलाई चाहिने सामग्रीहरु ब्यबस्थापन देखि प्रोजेक्टलाई म्यानेज गर्ने काम गरेका छन ।

रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशङ्का लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिनेछ ।