कीवर्डहरू -

टेस्लाको स्वचालित एसी नेपाली सम्पदा अङ्कित नयाँ मोडलमा आउँदै

टेस्लाको स्वचालित एसी नेपाली सम्पदा अङ्कित नयाँ मोडलमा आउँदै

ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर) ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ ।

टेस्लाका नयाँ उत्पादनमा प्रख्यात नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भुनाथ स्तुपाका चित्र कोरिएको छ, जसले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रबाह गर्न सहयोग पुग्नेछ। सम्पदा अंकित एसीले घर वा अफिसको भित्तामा नेपालीपनको गौरबलाई समेत बढाउनेछ ।

लामो समय देखि आयात निर्यातको काम गरिरहेको भू लक्ष्मी ग्रुप प्रालीले टेस्लाको उत्पादन तथा बिक्रि गर्दै आएको कम्पनीका सिइओ किरण आचार्यले बताए । भू लक्ष्मी ग्रुप प्राली आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो।

विश्व बजारका स्तरीय एयर कन्डिसनर सँग प्रतिस्पर्धा गर्ने गुणस्तर भएको र सम्पदा अंकित डिजाइनले गर्दा नेपाली ब्राण्ड हुनुको गर्व बढाउने आचार्यको दाबी छ।  टेस्ला एसीको मोबाइल एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध भएको आचार्यले बताए।

उर्जामैत्री उत्पादन

यसमा उर्जा खपतको अनुपात ३:५३ रहेको छ जसले यो एसी उर्जामैत्री छ भन्ने देखाउँछ । उर्जामैत्री भएका कारण बिजुलीको खपत कम भइ खर्च कम हुने बताइएको छ ।

टर्बो मोडल

यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या हुनेछैन । यसको टर्बो मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने आचार्यले बताए।

कोठाको तापक्रम अनुसार स्वचालित

एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ । यसपछी यो एसीले कोठाको परिबर्तित तापक्रम अनुसार आफै काम गर्न थाल्छ । त्यसैले आफैले एसी मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउछ ।

पुर्ण तामाको तार

यो नयाँ एसीमा सतप्रतिशत तामाको तार प्रयोग गरीएको आचार्य बताउँछन्। जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । तामाको तारको प्रयोग तुलनामा रूपमा महङ्गो भएपनि  दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प हो ।

मुख्य कार्यालय चितवन रहेको कम्पनीको कर्पोरेट अफिस काठमाडौमा रहेको छ । डिलरसिप लिन चाहने कम्पनीले ९८०११६४३६७ मा सम्पर्क गर्न सक्नेछन्।