कीवर्डहरू -

नागरिक लगानी कोषका लाभग्राहीको खातामा एनसीएचएल मार्फत भुक्तानी गर्न सकिने

नागरिक लगानी कोषका लाभग्राहीको खातामा एनसीएचएल मार्फत भुक्तानी गर्न सकिने

‍नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा अप्रत्यक्ष सदस्यको रुपमा आबद्ध भएको छ ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सकिने भएको हो ।

भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एकपटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपीआईमा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ ।

कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यतिmगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ ।

कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म कनेक्ट आइपीएस मार्फत ने.रु.४४.७ करोड बराबरको ६,५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ईपेमेन्टको सञ्जालमा क्रमश ५५ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन १९९० अन्तर्गत सर्वसाधारणलाई विभिन्न अवकाश स्किम तथा कार्यक्रमहरु, इन्स्योरेनस, कोष कार्यक्रम लगायत लगानीको अवसर प्रदान गर्ने उदेश्यका साथ भएको हो ।

नागरिक लगानी कोष नेपालको सबैभन्दा ठूलो कोष प्रबन्धक हो र यसले आफ्ना सुविधाहरुलाई विस्तार गर्ने क्रममा डिजिटल प्रणाली मार्फत समेत सेवा विस्तार गर्दै आएको छ ।