कीवर्डहरू -

अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा 

अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा 

डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्‍याएको हो ।

यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ ।

यो प्रक्रिया झँझट रहित स्वचालित सेल्फ सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

यसरी लिनुहोस् क्रेडिट सेवा

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई CREDIT CustomerID टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुहोस् ।

१० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्राप्त हुनेछ । साथै मिसकलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिसकल दिएर पनि थप १० दिनका लागि डिशहोम हेर्न सकिने छ ।

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस (सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् ।

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ ।