कीवर्डहरू -

इन्स्टाग्राममा क्यूआर कोड कसरी बनाउने र स्क्यान गर्ने ?

इन्स्टाग्राममा क्यूआर कोड कसरी बनाउने र स्क्यान गर्ने ?

गत वर्ष इन्स्टाग्रामले जापानमा नेमट्याग सहित क्यूआर कोड फिचर सार्वजनिक गरेको थियो । सो फिचर अहिले सबैको लागि उपलब्ध भइसकेको छ ।

इन्स्टाग्रामको क्यूआर कोडले प्रयोगकर्तालाई आफ्नो प्रोफाइलका लागी स्क्यान गर्न मिल्ने क्यूआर कोड बनाउन दिन्छ । यो फिचर व्यापार गर्ने व्यक्तिहरु को लागी उपयुक्त छ जसले आफूलाई अरु प्रयोगकर्ताले फ्लो गरेर सामानको पैसा, चेकआउट मेन्यू आदिको बारेमा जानकारी दिन चाहन्छन् ।

यसरी बनाउनुहोस् क्युआर कोड

•    सबैभन्दा पहिले तपाई आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानुहोस् ।
•    त्यसपछि तपाई आफ्नो प्रोफाइलमा जानुहोस् ।
•    अब माथिल्लो दाँया भागमा रहेको तीन ओटा धर्सा भएको अप्सन थिच्नुहोस् ।
•     त्यहाँ गएपछि क्यूआर कोड अप्सनलाई छान्ने
•    त्यसपछि हामीले आफ्नो प्रोफाइलको लागी नाम सँगै क्यूआर कोड राखेको देख्निने छ ।
•     क्यूआर कोडलाई इमोजि, सेल्फी वा रङ हालेर आफ्नै ढङ्गले सजाउन पनि मिल्छ ।

यसरी गर्नुहोस् इन्स्टाग्राम क्यूआर कोडलाइ स्क्यान

•    आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम खोल्ने र क्यूआर कोड अप्सनलाई थिच्ने
•    स्क्रीनको तल्लो भागमा क्यूआर कोडलाई स्क्यान गर्ने अप्सन हुन्छ त्यसलाई थिच्ने
•    क्यामेरालाई     क्यूआर कोडमा फोकस गरेर स्क्यान गर्ने