कीवर्डहरू -

ओप्पोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान

ओप्पोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान

यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०-२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरुको एक समुह हो ।

‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा आकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्ताको दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो ’, इआईएसएले उल्लेख गरेको छ ।

‘ईआईएसएद्वारा पहिलो पटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ ।

स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभव लगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओपो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी प्लस एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि उपलब्ध गरिएको छ ।

यसमा सुसज्जित फ्ल्यागशिप क्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स ५५ फाइभजी मोडेम आरएफ प्रणाली रहेको छ । साथमा ६५ वाट सुपरभोक २.० फ्ल्याश चार्ज (ओपोद्वारा डिजाइन तथा विकास गरिएको) ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।

ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर ईलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ । विगत ४० बर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ ।

२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् ।