कीवर्डहरू -

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा 

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा 

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ईफार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ।

कोभिड १९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ईफार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए। ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले बताए ।

ईफार्ममा पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनतिको चामल र जेठोबुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरकोपिठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमिको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराको बिक्रि गर्दै आएको छ। त्यस्तै ईफार्मले स्ट्रबेरी, ब्लाकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्रि गर्दै आएको छ।

सपिङ गर्न ईफार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइट (www.efarm.live) मार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ईफार्मले जनाएको छ । बिल तिर्न ईसेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ । विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकुन भनेर पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए ।

‘गाउँको कोसेली’ नारा लिएको ई फार्मले किसानलाई उचित मुल्य र ग्राहकलाई गुणस्तरिय सामान बिक्रि गर्नु आफ्नो उद्देश्य  रहेको श्रेष्ठको भनाई छ।

‘ग्राहक र किसानबिच पुलको काम गर्छौं,’  श्रेष्ठले भने, ‘धेरै जना विचौलियाले गर्दा ग्राहक किसानसम्म पुग्न सक्दैनन् भने अहिले ईफार्मको माध्यमबाट सहजै पुग्न सकिन्छ ।’

वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाउने र ग्राहकले चर्को मुल्यमा किन्नु पर्ने समस्या तथा किसान र ग्राहक विचको विचौलियालाई निरुत्साहित गर्न इ फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए ।

हिमाली जिल्लाका खाद्य सामाग्रीहरु धेरै स्थानमा पाइने भएपनि ग्राहकले गुणस्तरिय सामाग्री नपाउने समस्या रहेको श्रेष्ठ बताउँछन्।

‘त्यहाँका सामानहरु अर्गानिक, गुणस्तरिय र तुलनात्मक रुपमा केही महंगो हुन्छ । हामी गुणस्तरमा ध्यान दिँदै सुलभ दरमा सामग्री उपलब्ध गराउने अभियानमा छौं।’

ईफार्मले किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले बताए। आफ्नो उत्पादन ईफार्म मार्फत बेच्न चाहने किसानले ०१-५२२९१३० मा सम्पर्क गर्न सक्नेछन् ।