कीवर्डहरू -

डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर 

डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर 

कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिलिट गर्न सक्छौं । यस्तो हुदा मिहेनत पनि खेर जान्छ र त्यो फाइल एकदमै महत्वपूर्ण पनि हुन सक्छ ।

यस्तो भयो भने धेरै आत्तिनु पर्दैन । गूगलले प्रयोगकर्तालाई गूगल ड्राइभमा सेभ भएको फाइललाई रिकभर गर्ने अप्सन दिन्छ । गूगल ड्राइभको लागी डिलिट भएको फाइलहरु सबै ट्रयास सेक्सनमा गएर बसछन् र केही समय पछि आफै डिलिट हुन्छ ।

प्रयोगकर्ताले ट्रयास सेक्सनबाट आफ्नो फाइल रिस्टोर गर्न सक्छन् । हामी यो सम्झनु पर्छ की गूगल सीट्स, डक्स, स्लाइडको सबै फाइल गूगल ड्राइभमा सेभ हुन्छ ।

यसरी गर्नुहोस् गूगल ड्राइभबाट रिस्टोर

•    पहिले गूगल ड्राइभमा जाने
•    त्यसपछि बाँया भागमा रहेको ट्रयास अप्सनमा थिच्ने
•    रिकभर गर्न मनलागेको फाइललाई राईट क्लिक गर्ने
•    एकैचोटि धेरै ओटा फाइललाई पनि सेलेक्ट गरेर रिस्टोर गर्न सकिन्छ ।
•    अब रिस्टोर भन्ने अप्सनमा थिच्ने
•    यति गर्दा फाइल रिस्टोर हुन्छ ।