कीवर्डहरू -

चौधरी ग्रुपको जनआस्थाडटकम विरूद्ध प्रेस काउन्सिलमा उजुरी 

चौधरी ग्रुपको जनआस्थाडटकम विरूद्ध प्रेस काउन्सिलमा उजुरी 

प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गरेको भन्दै जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रुपले भदौ ९ गते प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ ।

उक्त पत्रिका तथा अनलाइनले विगत लामो समयदेखि नेपालका ख्यातीप्राप्त उद्यमी चौधरीका बारेमा झूठा समाचार प्रकाशित गर्दै आएपछि उजुरी दिएको चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेशन विभागले जनाएको छ ।  


पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनताः चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ला आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ति पूर्णतया झुठा समाचार रहेको चौधरी समुहले काउन्सिलमा दिएको उजुरीमा उल्लेख छ । 


चौधरी ग्रुपले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम सजाय माग गरेर उजुरी दिएको छ । श्रेष्ठ काउन्सिलका कार्यवाहक अध्यक्ष पनि हुन् ।