कीवर्डहरू -

आइसिटी टकको दोश्रो संस्करणमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यको सहभागिता 

आइसिटी टकको दोश्रो संस्करणमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यको सहभागिता 

आइसिटी अवार्डसँग सम्वन्धित रहेर आयोजना भइरहेको भर्जुअल आइसिटी टककोे दाश्रो संस्करणमा विभिन्न क्षेत्रका ३ सफल व्यत्तिहरुसँग कुराकानी हुनेछ । आज दिउसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा कम्प्युटर बैज्ञानिक मुनि शाक्य, जिनस सोलुसनको ग्लोबल सिटिओ अञ्जनी फुयाल र मेडिफ्लो सिस्टमका सिआइबिओ सुरेन्द« न्यौपाने वत्ताको रुपमा रहनुभएको छ ।


कार्यक्रममा विभिन्न क्षेत्रममा सफल व्यत्तिहरुको संघर्षको कथा सुन्न सकिनेछ । प्रविधि क्षेत्रमा भइरहेको विकासक्रमसँगै केहि गर्न खोजिरहेका युवाहरुलाई कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा अनुभव प्रस्तुत हुनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रममा सफल व्यत्तिहरुको संघर्षको कथा सुन्न सकिनेछ ।


मुनि शाक्यले नेपालमा सन् १९८० को दशकमा नै माइक्रो कम्प्युटरको विकास गरेका थिए । उनले त्यसवेलादेखि बनाएका कम्प्युटर र अन्य उपकरणहरुको म्युजियम अहिले पनि सञ्चालनमा छ । आइटी क्षेत्रका एक एतिहासिक व्यत्ति मुनि शाक्यलाई पहिलो पायोनियर आइसिटी अवार्ड २०१६ मा प्रदान गरिएको थियो ।

\"\"

प्रत्यक्ष सहभागिता जनाउन यो लिंकमा क्लिक गरेर नाम दर्ता गर्नुपर्छ ।


यसैगरी अञ्जनी फुयाल अहिले नेपालमा अमेजन वेब सर्भिस लगायतका सेवा दिइरहेको ग्रोइङ कम्पनीका सस्थापक तथा ग्लोबल सिटिओ हुन । सुरेन्द« न्यौपानेले नेतृत्व गरेको प्रडक्ट धेरै अस्पतालमा प्रयोग भइरहेको सफ्टवेयर सिस्टम (मेडिफ्लो) ले गतवर्षको प्रडक्ट आइसिटी अवार्ड जितेको थियो ।

कार्यक्रम आज दिउसो ४ बजे जुममार्फत सुरु हुनेछ । पब्लिक स्पिकर वर्षा भण्डारीले सञ्चालन गर्ने कार्यक्रम आइसिटी अवार्ड र लिभिङ विथ आइसिटीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण हुनेछ । प्रत्यक्ष सहभागिता जनाउन यो लिंकमा क्लिक गरेर नाम दर्ता गर्नुपर्छ । आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन भदौ १५ गतेुम्म जारी छ । नाृमिनेशन दर्ता गर्न वा अन्य जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस ।