कीवर्डहरू -

यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट

यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट

माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग गर्ने भएकाले उहाँहरुको आफ्नो संस्था सँग जोडिएको केही कागजात अथवा ईमेल गोप्य हुन सक्दछ ।

त्यस कारणले आफ्नो सबै फाइलहरु सुरक्षित राख्न बेलाबेलामा पासवर्ड फेरि राख्नु पर्ने हुनसक्छ । जसले गर्दा तपाई फाइलहरु सुरक्षित गराउन सक्नु हुनेछ ।

आज हामी तपाईलाई माइक्रोसफ्ट आउटलूकमा कसरी पासवर्ड परिवर्तन गर्ने वा रिसेट गर्ने तरिकाको बारेमा जानकारी दिदैछौं ।

पासवर्ड परिवर्तन गर्न

•    सर्वप्रथम आफ्नो ब्राउजरमा गएर आउटलूक खोल्ने
•    त्यसपछि आफ्नो अकाउन्ट लगइन गर्ने
•    माथिल्लो दाँया भागमा रहेको प्रोफाइल जस्तो आइकनमा थिच्ने
•    यति गरेपछि ‘माई अकाउन्ट’ भन्ने अप्सनमा थिच्ने र यहाँ बाट आफ्नो अकाउन्टको थुप्रै सेटिङ परिवर्तन गर्न पाइन्छ ।
•    अब ‘सेक्यूरिटी’ भन्ने अप्सनलाई थिच्ने र त्यसले अर्को नयाँ पेजमा लैजान्छ जहाँबाट थुप्रै सेक्यूरिटी सेटिङ छान्न सकिन्छ ।
•    त्यसपछि पासवर्ड सेक्यूरिटी भन्ने अप्सनलाई थिच्ने र यसले अर्को पेजमा लैजान्छ जहाँ टेक्सट भेरिफिकेसन र फोन भेरिफिकेसनबाट एउटा             अप्सन छान्नुपर्छ जसले यूजरको भेरिफिकेसन कोड रजिस्टर गरेको मोबाइल नम्बरमा आउछ ।
•    ६ डिजिटको भेरिफिकेसन कोड हालेपछि त्यहाँ बाट अर्को पेजमा पुगिन्छ र त्यहाँ तपाईले आफ्नो पुरानो पासवर्ड राख्न र परिवर्तन गर्न लागेको        पासवर्ड राख्नुपर्छ
•    अन्तयमा सेभ थिच्नुहोस् जसले गर्दा पासवर्ड परिवर्तन हुन्छ ।

पासवर्ड रिसेट गर्न

•    आफ्नो ब्राउजरमा गएर आउटलूक खोल्ने र अकाउन्ट लगइन गर्ने
•    त्यसपछि फरगेट पासवर्डमा थिच्ने
•    यति गरेपछि आफ्नो अकाउन्टलाई भेरिफाई गर्नुपर्छ र त्यसपछि माथि बताइएकै प्रक्रिया प्रयोग गर्नुपर्छ ।