कीवर्डहरू -

एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने

एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने

एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस योजनामा बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले  भदौ र असोज महिनाभर सहभागी जनाउन सक्ने छन् ।

यस योजनामा बैंकसँग भएका क्युआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधिमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आबद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान गर्नेछ ।

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १०
जनालाई थप जनही ५० हजार रुपैयाँ रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्युआर पेमेन्टबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्‍याउन बैंकले यो योजना ल्याएको हो ।