कीवर्डहरू -

कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई अब अनलाइनबाटै

कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई अब अनलाइनबाटै

अब अनलाइनबाटै कनेक्ट आईपीएसमा लिङ्क गरिएको बैंक खाता भेरिफाई गर्न सकिने भएको छ । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

यससँगै बैंकका ग्राहकहरुले अब बैंकको शाखामा गएर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ । नेपाल बंगलादेश बैंकका ग्राहकले अनलाइनबाटै कनेक्ट आईपीएसमा खाता भेरिफाई गराउन सक्ने छन् ।

ग्राहकले कनेक्ट आइपीएसमा रहेको लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्नेछन् ।

यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा घरमै बसेर अनलाइनबाटै प्रमाणीत हुने व्यवस्था गरिएको छ ।

तो सेवा अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको जनाइएको छ । कनेक्ट आईपिएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको भुक्तानी प्रणाली हो । यसमा ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आवद्ध भइसकेका छन् ।

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।