कीवर्डहरू -

ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

सरकारले ईकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धानतिक स्वीकृति दिएको छ । भदौ ९ गते बसेको मन्त्रीपरिषद बैठकले विद्युतीय माध्यम द्वारा सञ्चालन गरिने (ई-बिजनेश) सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यस बारे जानकारी दिएका हुन् ।