कीवर्डहरू -

अब नेपालमै हवाई तथा अन्तरिक्ष उड्ययन सम्बन्धि पढाई हुने, पुलचोक क्याम्पसले पायो स्वीकृति

अब नेपालमै हवाई तथा अन्तरिक्ष उड्ययन सम्बन्धि पढाई हुने, पुलचोक क्याम्पसले पायो स्वीकृति

अब नेपालमै हवाई तथा अन्तरिक्ष उड्यन सम्बन्धि पढाई हुने भएको छ । भदौ ९ गते बसेको मन्त्रीपरिषद बैठकले त्रिभुवन विश्वविद्यालय अन्तरगतको पुलचोक इन्जिनियरिङ संस्थान पुलचोक क्याम्पसलाई बिई एरोस्पेश पढाउन अस्थायी स्वीकृति दिएको हो ।

यस सँगै अब नेपालमा हवाई तथा रकेट साइन्स सम्बन्धि अध्ययन अध्यापन हुनेछ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यस बारे जानकारी दिएका हुन् ।

अहिलेसम्म एरोस्पेश पढ्न विदेश जानुपर्ने बाध्यता थियो । स्वीकृतिसँगै हवाई तथा अन्तरिक्ष उड्ययन सम्बन्धि पढाई अब नेपालमै हुनेछ ।