कीवर्डहरू -

अत्यावश्यक सामानको डेलिभरीमा संलग्न इकमर्शका सञ्चालकहरुलाई पक्राउ

अत्यावश्यक सामानको डेलिभरीमा संलग्न इकमर्शका सञ्चालकहरुलाई पक्राउ

काठमाडौँ उपत्यकामा निशेधआज्ञा जारी गरेको आठौ दिन इकमर्शमा काम गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज साझ विभिन्न क्षेत्रबाट आधा दर्जन इकमर्श सञ्चालकहरुलाई पक्राउ गरेको पाइएको छ । युजी बजारका सह सस्थापक निकिता आचार्यलाई तिनकुने, डल्लेका आलाक योञ्जनलाई दरवारमार्ग, सोचेको डटकमका शैलेश लोहनी र भोजडिलका निकेटलाई मालिगाँउमा राखिएको छ ।

पीडित भन्छन् : "हामीले डिजिटल पेमेन्ट लाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लियो , हामी जस्तो स्टार्टअपहरूलाई कुनै जानकारी बिना भ्यानमा हालेर लादा दुख लागेको छ , कम्तिमा स्पष्टसँग जानकारी गराएको भए पनि हामी सेवा बन्द गर्न तयार थियौ ।"


यसैगरी फुडमारियो टिमलाई न्युरोड र पुलचोकबाट, किराना टिमलाई महाराजगञ्जबाट प्रहरीले पक्राउ गरको छ । यसैगरी फुडमांडूका मनोहर अधिकारी, नेपएक्सप्रेसका संगम सिंह लगायत कारबाहीमा परेका छन् ।  उनीहरु धेरैलाई 'होल्डिंग जोन' मा राखिएको तर केहीलाई पक्राउ गरेर भ्यानमा लगेको जानकारी प्राप्त भएको छ । यसैगरी डेलिभरमा गैरहेका ६० भन्दा बढिलाइ प्रहरीले ३ घण्टासम्म 'होल्डिंग जोन' मा राखेर छोडेको छ । कतिपय संचालकलाइ कार्यालयबाट त केहिलाइ बाटोबाटै पक्राउ गरिएको जनाइएको छ ।

खाद्यान्य, तरकारी र खाना डेलिभर गर्ने इकमर्श कम्पनीहरुका प्रतिनिधिहरुलाई पक्राउ गरेकोमा सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । युजिबजारका सह सस्थापक किरणले फेसबुक स्टाटस मार्फत कुनै जानकारी बिना नै बाटोबाटै सोझै प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेका छन । आज नै सरकारले इकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सौदान्तिक सहमति दिएको छ ।

पीडित भन्छन् : "हामीले डिजिटल पेमेन्ट लाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लिय , हामी जस्तो स्टार्टअपहरूलाई कुनै जानकारी बिना भ्यानमा हालेर लादा दुख लागेको छ  कम्तिमा स्पष्टसँग जानकारी गराएको भए पनि हामी सेवा बन्द गर्न तयार थियौ ।" लकडाउनमा क्यासलेस कारोबारसंगै होम डेलिभरी सेवा संचालन गर्न प्रोत्सहान गर्नुपर्नेमा उल्टै पक्राउ गर्नु राम्रो नभएको ब्यबसायीहरुको गुनासो छ ।


विहान ९.१५ पछिको समयमा डेलिभरी गर्न नपाइने भन्दै प्रहरीले सोझै पक्राउ गरेको बताइएको छ । पछिल्लो समय इकमर्श व्यवसायमा संलग्न हुने स्टार्टअप कम्पनीहरु बढिरहेका थिए । सुरुमा प्रशाशनले अत्यावश्यक सामानको ढुवानी गर्न दिने भनेपनि आज पक्राउ परेको कारण यो क्षेत्रका धेरै व्यवसायीहरु आतकित भएका छन ।

प्रहरीले भने प्रशासनबाट 'टेक अवे र होम डेलिभरी' सेवा पनि बन्द गर्न निर्देशन आएको जनाएको छ । साझ ८.३० बजे एक पिडितले भने "समझदारी पत्र तयार भैरहेको छ र सोहिअनुसार प्रहरीले छोड्ने बिश्वास छ ।"  यसैबीचमा इ-कमर्श संचालक तथा डेलिभरी सम्वन्धि साझा सस्थाले बिज्ञप्ति निकालेरआज प्रहरीबाट भएको धरपकट बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

\"\"