कीवर्डहरू -

निशेधआज्ञा भरी अत्यावश्यक सामानको होम डेलिभरी सेवा पनि बन्द

निशेधआज्ञा भरी अत्यावश्यक सामानको होम डेलिभरी सेवा पनि बन्द

पछिल्लो पटक काठमाण्डांैमा कोराना संक्रमण बढेपछि उपत्यकाका ३ जिल्लामा निशेधआज्ञा जारी छ । निशेधआज्ञा भएको आठौ दिनमा खाद्यान्य, तरकारी तथा खाना लगायतका समानहरु डेलिभरी गरिरहेका कम्पनीका सञ्चालक तथा डेलिभरी गर्ने व्यत्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । केहि घन्टा नियन्त्रणमा राखेर एक कागज गराएर निशेधआज्ञा अवधिभरी सामान डेलिभरी नगर्ने शत्र्तमा सञ्चालकहरुलाई छोडिएको छ । 


विहिबार विभिन्न क्षेत्रबाट आधा दर्जन कम्पनीका सञ्चालक र ८० जना होमि डेलिभरी सेवा दिइरहेका व्यत्तिहरुलाई प्रहरीले प्रक्राउ गरेरे नियन्त्रणमा लिएको थियो । निशेषआज्ञा जारी भएपनि कोरोना संक्रमण झन बढिरहेको कारण प्रहरीले होम डेलिभरी सेवा बन्द गर्नुपरेको जनाएको छ । 


अत्यावश्यक सामानहरु होम डेलिभरी गर्दा पसलमा गएर सामान किन्नुभन्दा सहज र सुरक्षित हुने भन्दै सञ्चालक तथा उपभोत्ताको प्रहरीको पछिल्लो धरपकडको विरोध गरेका छन । व्यवस्थित तरिकाले क्यासलेस कारोबार गर्दै सामान डेलिभरी गर्न पाउनुपर्ने उनिहरुको भनाई छ ।