कीवर्डहरू -

शावमीको नयाँ स्मार्टफोन मी मिक्स २ एस २७ मार्चमा सार्वजनिक हुँदै

शावमीको नयाँ स्मार्टफोन  मी मिक्स २ एस २७ मार्चमा सार्वजनिक हुँदै

चाइनिज स्मार्टफोन निर्माता कम्पनि शावमीले मी मिक्स २ एस २७ मार्चमा सार्वजनिक गर्ने भएको छ । कम्पनिले उक्त स्मार्टफोन स्पेनको वार्सीलोनामा सम्पन्न भएको मोवाइल वर्ल्ड कंग्रेस २०१८ मा नै लन्च गर्ने आशा गरिएको थियो तर कम्पनिले आफ्नो फ्ल्यागशिप मोबाइल मार्चमा सार्वजनिक गर्ने भएको छ ।

शावमीले उक्त स्मार्टफोन २७ मार्चमा सार्वजनिक गर्ने कुराको जानकारी कम्पनिले आफ्नो आधिकारिक वेबसाइटको माध्यमबाट दिएको हो ।

यो स्मार्टफोन कम्पनिको पुरानो स्मार्टफोनको अपग्रेड भर्जन हुनेछ । फ्ल्यागशिप फोन मी मिक्स २ एसमा पुरानो फोनको तुलनामा पावरफुल हार्डवेयर दिईएको छ । यो ह्यान्डसेटमा फुलभ्यु वाला ठुलो ५.९ इन्च डिस्प्ले भएको अनुमान छ । फोनमा एकदमै पातलो बेजेल रहेको छ । प्राप्त भएको रिपोर्टका अनुसार यो स्मार्ट फोन क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसरमा रन  गर्नेछ ।

यो नयाँ ह्यान्डसेटमा ८ जीबी र्याम र २५६ जीबी सम्मको इन्टरनल स्टोरेजका र यसका साथै क्यामेराको कुरा गर्दा,लिक भएको तस्बिरमा फोनको फ्रन्टमा दायाँ पट्टि साइडमा क्यामेरा रहेको देखिएको छ । यस हिसाबले फोनको लुक्स एकदमै आकर्षक देखिनेछ ।